समाचारबुधवार, जेठ २३, २०७५

राष्ट्रिय सभा: कांग्रेस संसदीय दलको नेतामा पाण्डे

हिमालखबर

राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन भएका छन् । 

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका हुन् । 

पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम पाण्डेलाई मनोनयन गरिएको कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले जानकारी दिए । 

प्रतिकृया दिनुहोस