हिमाल संवाददाता पोखरेल पुरस्कृत
हिमाल खबरपत्रिकाका संवाददाता मुकेश पोखरेलले ‘उत्कृष्ट वातावरण पत्रकार पुरस्कार–२०७५’ प्राप्त गरेका छन् ।
पत्रकारिताको माध्यमबाट वातावरण संरक्षण, सम्वद्र्धनमा उल्लेख्य योगदान पुर्याए बापत् वन तथा वातावरण मन्त्रालयले पोखरेललाई पुरस्कृत गरेको हो ।
आज, विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेललाई नगद रु. ५० हजार सहित पुरस्कार हस्तान्तरण गरेका छन् ।
१७ वर्षदेखि पत्रकारितामा सक्रिय पोखरेलले वन तथा वातावरणमा केन्द्रित रहेर कलम चलाइरहेका छन् ।