सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीद्वारा आत्मसमर्पण
३३ किलो सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् ।
खत्रीले आज बिहान मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् ।
जिल्ला अदालतले खत्रीको बयान लिइरहेको छ । यसअघि फरार रहेका खत्रीको खोजीका लागि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी गरेको थियो ।