रोल्पाको जुगारमा इन्भेष्टमेण्ट ब्यांक
नेपाल इन्भेष्टमेण्ट ब्यांक लिमिटेडले रोल्पाको त्रिवेणी गाँउपालिका जुगारमा आफ्नो ७१ औं शाखा विस्तार गरेको छ ।
ग्रामीण क्षेत्रका सर्वसाधारणबीच सहज ब्यांकिङ सेवा प्रदान गर्न र सरकारी नीति अनुसार ब्यांकिङ पहुँच विस्तार गर्न शाखा विस्तारको अभियानलाई तीव्रता दिइएको ब्यांकले जनाएको छ ।
आठ लाख बढी ग्राहक रहेको यस ब्यांकका १०० एटीएम र ६ वटा एक्स्टेन्सन काउन्टर रहेका छन् । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट ब्यांकको ६३ वटा शाखारहित ब्यांकिङ सेवा समेत रहेको छ ।
ब्यांकले विपन्न वर्ग कर्जाअन्तर्गत २२ हजार व्यक्तिलाई रु ३ अर्ब ६४ करोड लगानी गरेको छ ।