कला/साहित्यबुधवार, जेठ १६, २०७५

अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी १८ जेठदेखि

हिमालखबर

२२औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी १८ जेठदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

स्वदेश तथा विदेशका करीब ६० संस्थाको सहभागिता रहने प्रदर्शनीमा भारतको साहित्य अकादमी पुरस्कार विजेता कवि रीता चौधरीसमेत अन्तरक्रियामा सहभागी हुनेछिन् ।

प्रदर्शनीमा विभिन्न विषयमाथि छलफलका साथै साहित्य संवाद र विभिन्न पुस्तकको विमोचन समेत हुनेछ । बालबालिकाको लागि समेत दया फाउन्डेशनले ‘कथा कला केन्द्र’ कार्यक्रम सञ्चालन गर्नेछ ।

ग्लोबल एक्सपोजिसनले आयोजना गरेको प्रदर्शनी २६ जेठसम्म चल्नेछ ।

 

प्रतिकृया दिनुहोस