ढुंगेललाई माफी दिने निर्णयविरुद्ध अन्तरिम आदेश आएन
बालकृष्ण ढुंगेलको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीशहरु मीरा खड्का र टंकबहादुर मोक्तानको इजलासले ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय कानूनसम्मत भए/नभएको पछि विचार गरिने भन्दै तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
‘ढुंगेल समेतलाई सम्माननीय राष्ट्रपतिबाट बाँकी कैद माफ दिई कारागारबाट छुटिसकेको समेत देखिँदा निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन,’ आदेशमा भनिएको छ ।
सम्बन्धित समाचार: ढुंगेल आममाफी प्रकरणः न्यायको धज्जी