कर्मचारीको तलब बढेन, वृद्ध भत्ता पनि बढेन
सरकारले कर्मचारीको तलवमा लाई यथावत् नै राखेको छ । अर्थमन्त्री युवराज खतिवडाले आज प्रस्तुत गरेको आव २०७५/२०७६ को बजेटमा कर्मचारीको तलवमा वृद्धि गरिएको छैन । कर्मचारीको तलब पुनरावलोकन गर्न तलब आयोग गठन गरिने जनाइएको छ ।
महंगी भत्ता रु २ हजार र पोशाक खर्च रु १० हजार पुर्याइएको छ ।
त्यसैगरी रु २ लाखको सावधिक बिमा गर्ने र त्यसको ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने भएको छ ।
बृद्ध भत्ता बढेन
सरकारले सामाजिक सुरक्षा भत्ता अन्तर्गत दिइंदै आएको बृद्धभत्ता पनि वृद्धि गरेन ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले ७० वर्षमाथिका बृद्धबृद्धालाई रु १ लाख रुपैयाँको बिमा गरिने जानकारी दिए ।
सरकारले सन्तानले आफ्ना अभिभावकलाई अनिवार्यरुपमा हेरचाह गर्ने कानूनी व्यववस्था गर्ने भएको छ। दोहोरो सामाजिक सुरक्षा भत्तामा भने रोक लगाइएको छ।