विरगञ्जबाट भित्रियो १५ करोडको गुट्खा
वीरगन्ज नाकाबाट बर्सेनि रु १५ करोडभन्दा बढीको भारतीय गुट्खा अवैध रुपमा भित्रिने गरेको छ ।
खुल्ला सिमानाका कारण भरियामार्फत सो गुट्खा भित्रिने गरेको छ । बिहार सरकारले राज्यमा गत अप्रिल महिनादेखि गुट्खाको उत्पादन, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएपछि तस्करले उत्तर प्रदेशको लखनउ र गोरखपुरबाट गुट्खा र पान मसाला आयात गर्दै आएका छन् ।
वीरगन्जमा दैनिक रजनीगन्धा, राजनीवास, तुलसी र अन्य ब्राण्डका गुट्खा आयात हुने गरेको नेपाल राष्ट्रिय पान व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष लालबहादुर वरैले बताए ।
वीरगन्जमा गत आवमा राजस्व तिरेर रु ४३ हजार ४९ मूल्यको २० किलो भारतीय गुट्खा आयातकर्ताले भ्यिाएको भन्सार कार्यालय प्रमुख सेवन्तक पोखरेलले बताए ।
रासस