ज्यान मुद्दामा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेल रिहा
ज्यान मुद्दामा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेल रिहा भएका छन् ।
गणतन्त्र दिवसको अवसरमा सरकारले ढुंगेललाई कैद मिनाहा गर्न सिफारिस गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस अनुमोदन गरेसँगै आज बिहान डिल्लीबजार कारागारबाट ढुंगेल रिहा भएका हुन् ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याअभियोगमा ढुंगेल द्वन्द्वकालमा पनि केही समय जेल बसेका थिए ।
शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो । अदालतको फैसलासँगै प्रहरीको फरार सूचिमा रहेका उनी राजनीतिमा भने सक्रिए थिए ।
तर, चौतर्फी दवावपछि १४ कात्तिक २०७४ मा ढुंगेल ललितपुरबाट पक्राउ परेका थिए । पक्राउपछि ७ महीना जेल बसेका उनलाई सरकारले आज आममाफी सहित रिहा गरेको छ ।
पढ्नुहाेस् ।
ढुंगेल आममाफी प्रकरणः न्यायको धज्जी
सर्वोच्चले माग्यो ढुंगेलको कैद मिनाहा गर्ने सरकारी निर्णयको सक्कल फाइल