सर्वोच्चले माग्यो ढुंगेलको कैद मिनाहा गर्ने सरकारी निर्णयको सक्कल फाइल
सर्वोच्च अदालतले हत्या अभियोगमा कैद सजाय भोगिरहेका बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा गर्ने सरकारी निर्णयको सक्कल फाइल माग गरेको छ ।
आज न्यायाधीशद्वय मीरा खड्का र टंकबहादुर मोक्तानको इजलासले ढुंगेलको कैद मिनाहासम्बन्धी निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको हो ।
‘विपक्षी बालकृष्ण ढुंगेललाई सजाय मिनाहा सम्बन्धी सक्कल फाइल इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउनुहोला’ आदेशमा भनिएको छ ।
समय अभावका कारण बहस नसकिएको भन्दै सर्वोच्चले ढुंगेलको मुद्दा हेर्दाहेर्दैमा राखेको छ ।
सरकारले गणतन्त्र दिवस (१५ जेठमा) ढुंगेलको बाँकी कैद मिनाहा गर्ने तयारी गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमा कैद मिनाहा रोक्न अन्तरिम आदेश पनि माग गरिएको छ ।
पढ्नुहाेस् ।
ढुंगेल आममाफी प्रकरणः न्यायको धज्जी