गणतन्त्र दिवसमा सार्वजनिक विदा दिने प्रदेश–५ को निर्णय
प्रदेश–५ को सरकारले गणतन्त्र दिवस (१५ जेठमा) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना प्रकाशित गरी विदा दिने निर्णय भएको जनाएको हो ।
प्रदेश–५ ले आज, सोमबारदेखि तीन दिनसम्म गणतन्त्र दिवस मनाउने निर्णय समेत गरेको छ ।
संघीय सरकारले भने गणतन्त्र दिवसको विदा कटौती गरेको थियो ।
दीपक ज्ञवाली, बुटवल