नेकपाद्वारा प्रदेश–२ को सरकारलाई दिएको समर्थन फिर्ता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश–२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
१३ जेठमा बसेको प्रदेश सभा बैठकमा बोल्दै तत्कालिन एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले समर्थन फिर्ता लिइएको जानकारी गराएका हुन् ।
तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्रसमेतको समर्थनमा ३ फागुनमा प्रदेश–२ मा संघीय समाजवादी फोरमको नेतृत्वमा राष्ट्रिय जनता पार्टी सम्मिलित सरकार गठन भएको थियो ।
तत्कालिन माओवादी केन्द्रका प्रदेश सभा संसदीय दलका नेता रामचन्द्र मण्डलले पनि समर्थन फिर्ता लिएको पुष्टी गरेका छन् । समर्थन फिर्ताबारे लिखित रुपमा दर्ता गराइएको छैन । प्रदेश सभा बैठक १ घण्टाको लागि स्थगित गरिएको छ ।
ईश्वरचन्द्र झा, जनकपुर