कला/साहित्यशनिवार, जेठ १२, २०७५

काठमाडौंमा रोडसेफ्टी फिल्म फेस्टिभल हुने

हिमालखबर

सडक सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंमा रोडसेफ्टी फिल्म फेस्टिभल हुने भएको छ ।

नासा फाउण्डेसनले ८ र ९ साउनमा फेस्टिभलको आयोजना गर्न लागेको हो ।

फेस्टिभलमा सवारी तथा सडक दुर्घटनासँग सम्बन्धित फिल्महरू प्रदर्शन गरिनेछ ।

बढीमा १० मिनेटसम्मका लगभग दुई दर्जन फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट फिल्मलाई क्रमशः रु ५० हजार, ३० हजार र २० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, फेस्टिभलमा विदेशी फिल्म मध्येका उत्कृष्टलाई समेत अवार्ड प्रदान गरिनेछ ।

फिल्म फेस्टिभलका लागि ‘ग्लोबल रोडसेफ्टी फिल्म फेस्टिभल’ को समेत सहकार्य रहेको छ भने अन्य वृत्तचित्र प्रदर्शन र अन्तरक्रिया पनि गरिने जनाइएको छ । रासस

प्रतिकृया दिनुहोस