थप समाचारबुधवार, जेठ ९, २०७५

कलंकी ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालन हुने

हिमालखबर

कलंकी चोकमा निर्माण भइरहेको ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ ।

निर्माण सम्पन्नपछि कलंकी 'अण्डर' पास यस्तो बन्नेछ ।

चीनको अनुदान सहयोगमा कलंकी–कोटेश्वर चक्रपथ विस्तार अन्तर्गत निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डर पासमध्ये ४०० मिटर भागको ‘फिनिसिङ’ सम्पन्न भइसकेको छ ।

असार दोस्रो सातासम्म कलंकी–बाफल भागको बाँकी ४०० मिटरको काम सकेर हस्तान्तरण गरिने आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिए ।

त्यस्तै कलंकी–कोटेश्वर १०.४ किलोमीटर सडक विस्तार पनि अन्तिम चरणमा पुगेको छ । १०.४ मध्ये ९ किमिको काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस