फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा सगरमाथाको सफल आरोहण
फोटोपत्रकार पूर्णिमा श्रेष्ठले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेकी छन् ।
फोटो पत्रकार क्लबकी सदस्य श्रेष्ठले हिजो, ५ जेठ बिहान ८:१० बजे शिखरमा पाइला टेकेको क्लबले जानकारी दिएको छ ।
२६ वर्षीया श्रेष्ठले यसअघि १० असोज २०७४ मा ८,१६३ मिटर अग्लो मनास्लु हिमालको पनि सफल आरोहण गरेकी थिइन् ।
आरोहणका क्रममा श्रेष्ठले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरो सम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनी समेत गरेकी छन् ।
नेपालको संस्कृति तथा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको #फोटोनेपाल अभियान अन्तर्गत रहेर फोटो पत्रकार क्लबको प्राबिधिक सहयोगमा श्रेष्ठले उक्त फोटो प्रदर्शनी गरेकी हुन् ।