यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराई मन्त्रालय सरूवा
यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराई मन्त्रालय सरूवा भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठको निर्देशनअनुसार भट्टराईलाई मन्त्रालयमा सरुवा गरिएको हो ।
सिन्डिकेटका विरुद्ध महानिर्देशक भट्टराईले गृहमन्त्री रामबहादुर थापालाई बलियो साथ दिएका थिए ।
सिन्डिकेट हटेपनि त्यसलाई व्यवस्थित गर्नुपर्ने थुप्रै काम बाँकी छन् । यसको कार्यान्वयनको पक्ष फितलो बनाउन यातायात व्यवसायीको दबाबमा भट्टराईको सरुवा गरिएको बताइएको छ ।
१३ महिनादेखि विभाग सम्हालेका महानिर्देशक भट्टराईले ८० कर्मचारीलाई विभागीय कारबाही समेत गरेका थिए ।