समाचारबिहिवार, जेठ ३, २०७५

नेकपा दर्ताको जिम्मेवारी नेम्बाङ र गुरूङलाई

हिमालखबर

विघटित नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने जिम्मेवारी सुवास नेम्बाङ र देव गुरूङलाई दिइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैैठकले नेम्बाङ र गुरूङलाई उक्त जिम्मेवारी दिएको हो ।

बैठकले विघटित एमाले र माओवादी केन्द्रको स्वामित्वमा रहेको सम्पूर्ण सम्पत्ति नेपाल कम्युनिष्ट पार्टीमा स्थानान्तरण हुने निर्णय समेत गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको छ ।

 

प्रतिकृया दिनुहोस