एमाले–माओवादी विघटन, नौ सदस्यीय हाइकमाण्ड बन्यो
नेकपा एमाले र माओवादी केन्द्र विघटन भएका छन् । योसँगै दुई पार्टी मिलेर बन्ने ‘नेपाल कम्युनिष्ट पार्टी’का लागि नौ सदस्यीय हाइकमाण्ड गठन गरिएको छ ।
हाइकमाण्डमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा छन् ।
विष्णु पौडेललाई संगठन समेत हेर्नेगरी महासचिवको जिम्मेवारी दिइएको छ भने नारायणकाजी श्रेष्ठले प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
यसैबीच, प्रधानमन्त्री निवास बालुवाटारमा विघठित एमाले–माओवादीको संयुक्त केन्द्रीय समितिको बैठक बसेको छ । बैठकमा एकता प्रक्रियाका बारेमा ओली र दाहालले जानकारी गराएका छन् । संयुक्त बैठकमा प्रस्तावित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले सपथ लिएका छन् ।