आईसीसी विश्व ११ मा परे सन्दीप लामिछाने
नेपाली क्रिकेटर सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने आईसीसी विश्व ११ मा परेका छन् ।
१७ जेठमा इंग्ल्याण्डको लर्डसमा हुने खेलमा आइसिसीले वेस्ट इन्डिजबाहेकका देशबाट खेलाडी छानेको हो।
टोलीको कप्तानी इयान मोर्गानले गर्नेछन् । त्यस्तै टोलीमा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्ड्या, थिसारा परेरा, लुक रंकी छन् ।
विभिन्न समयमा आएको आँधीले क्यारेबियन राष्ट्रहरूमा क्षति भएका रंगशालाको पुनर्निर्माणका लागि खेलको आयोजना गरिएको हो।