एमाले–माओवादी एकताको अन्तिम तयारीमा
नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकताको अन्तिम तयारीमा जुटेका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार सम्वभत् ६ जेठमा पार्टी एकताको घोषणा हुनेछ ।
आज बिहान बालुवाटारमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको एक्ला–एक्लै वार्ताले भोलि पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
दुई पार्टीबीचका वैचारिक र सांगठनिक कार्यदलले दिएको प्रतिवेदनमा मिल्न बाँकी विषय मिलाएर एकता संयोजन समितिको बैठकमा प्रस्ताव गर्न संयोजन समितिको बैठकले दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो ।
एकताको विषयमा छलफल गर्न आज बेलुका ४ बजे एमाले स्थायी समितिको बैठक बस्दैछ ।
माओवादी केन्द्र पनि एकताको विषयमा आन्तरिक छलफलमा जुटेको छ ।