हराएको विमान फेला पर्यो, चालक दलका दुवै सदस्यको मृत्यु
सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेर सम्पर्कविहिन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि आज बिहान ६ः१६ बजे उडेको मकालु एयरको विमान हुम्लाको खार्बुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको हो ।
विमान टुक्राटुक्रा भएको र चालक दलका दुई सदस्यको मृत्यु भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए ।
उक्त विमानको बिहान ६ः२७ मा नेपालगञ्ज टावरसँग अन्तिम सम्पर्क भएको थियो ।