मकालु एअरको विमान अझै बेपत्ता
सुर्खेतबाट कार्गो लिएर हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान अझै भेटिएको छैन ।
आज बिहान ७ बजे सुर्खेतबाट उडेको विमान ७ः५० मा सिमकोट पुग्नुपर्ने थियो । तर, विमान अहिलेसम्म सम्पर्कविहिन छ ।
विमान खोज्नका लागि माउन्टेन एअरका दुईवटा हेलिकोप्टर परिचालन गरिएको छ ।
विमानमा चालक दलका दुईजना सदस्य मात्र छन् ।
प्रकाश सिंह, बाजुरा