पूर्व फुटबलर मणि शाहको निधन
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी मणी शाहको निधन भएको छ ।
काठमाडौंको नर्भिक अस्पतालमा उपचार गर्दागर्दै उनको आज, ३१ वैशाख साँझ निधन भएको हो ।
शाहले सन् १९८५ देखि १९९८ सम्म नेपाली राष्ट्रिय टोलीबाट खेलेका थिए ।
५१ वर्षीय शाह पित्तथैली र कलेजोको समस्याबाट पीडित थिए ।