समाचारशनिवार, बैशाख २९, २०७५

मोदी स्वदेश फिर्ता

हिमालखबर

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज, २९ वैशाख अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्किएका छन् । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  विदाई गरे ।

प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हुँदै २८ वैशाखमा  काठमाडौं आएका थिए । नेपाल भ्रमणका क्रममा उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरे  । 

काठमाडौंमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुका साथै उनी दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी भए । 

भारतीय प्रधानमन्त्रीका रुपमा उनको यो तेस्रो नेपाल भ्रमण हो ।  मोदीको विदाईका लागि परराष्ट्र सचिव शंकरदास वैरागी र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी विमानस्थल पुगेका थिए ।  

प्रतिकृया दिनुहोस