आईपीएलमा सन्दिप लामिछानेको डेब्यू
इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा सन्दिप लामिछानेले डेब्यू गरेका छन् ।
जारी सिजनमा बेन्चमा नै बसिरहेका सन्दिपलाई दिल्ली डेयरडेभिल्सले लिगमा आफ्नो तीन खेल बाँकी रहँदा डेब्यू गराएको हो।
उनले बैंगलोरविरुद्धको खेलमा डेब्यु गरेका हुन् । ११ खेलमध्ये ८ खेलमा पराजित भएको दिल्लीको प्लेअफमा पुग्ने सम्भावना गणीतिय रुपमा मात्र सम्भव छ।
सन्दिप २० लाख भारतीय रुपैयाँमा दिल्लीमा आवद्ध भएका छन्।