समाचारशुक्रवार, बैशाख २८, २०७५

काठमाडौंमा मोदी, परराष्ट्रमन्त्री ज्ञवालीद्वारा स्वागत

हिमालखबर

नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् ।

तस्वीर: रासस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उनलाई स्वागत गरेका हुन् ।

काठमाडौंमा रहँदा मोदीले उच्चस्तरीय भेटवार्ता गर्नेछन् भने भोलि २९ वैशाख बिहान मुक्तिनाथको दर्शनका लागि जानेछन् ।

मोदीलाई काठमाडौंमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको छ ।

 

प्रतिकृया दिनुहोस