समाचारशुक्रवार, बैशाख २८, २०७५

जनकपुरमा मोदीः रामायण सर्किटको घोषणा र जनकपुर–अयोध्या बससेवाको उद्घाटन

हिमालखबर

दुई दिने नेपाल भ्रमणका लागि जनकपुर आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा रामायण सर्किट बनाउने घोषणा र जनकपुर–अयोध्या बससेवाको उद्घाटन गरेका छन् ।

तस्वीर: रासस

उद्घाटनसँगै आजबाटै जनकपुरदेखि भारतको अयोध्यासम्मका लागि सिधा बस सेवाको शुरुआत भएको छ ।

बससेवाको उद्घाटनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संक्षिप्त सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी जनकपुर आउँदा सम्पूर्ण नेपाली हर्षित भएको बताए ।

मोदीले एकादशीको दिन जानकी माताको चरणमा आउने शौभाग्य मिलेको भन्दै खुसी व्यक्त गरेका छन् ।

मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली कुर्ता पाइजामामा सजिएर जानकी मन्दिर पुगेका छन् ।

प्रतिकृया दिनुहोस