समाचारशुक्रवार, बैशाख २८, २०७५

प्रधानमन्त्री ओली जनकपुरमा, मोदी केही बेरमा आउँदै

हिमालखबर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा धनुषामा हुने संयुक्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर आइपुगेका छन् ।

केहीबेर अगाडि जनकपुर विमानस्थलमा प्रधानमन्त्री ओली पुग्दा प्रदेश नं २ का मुख्यमन्त्री, संघीय सरकारमा सो प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु लगायतले स्वागत गरे ।

भारतीय प्रधानमन्त्री मोदी सवार विमान केहीबेरमा जनकपुर विमानस्थलमा अवतरण हुनेछ । त्यहाँ रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री मोदीको स्वागत गर्ने र त्यसपछि जानकी मन्दिरमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीले संयुक्तरुपमा पुजाअर्चना गर्नुका साथै रामायण सर्किटको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस