समाचारबिहिवार, बैशाख २७, २०७५

आमसञ्चार नीति कार्यान्वयन उच्च स्तरिय समितिले सरकारलाई प्रतिवेदन बुझायो

हिमालखबर

आमसञ्चार नीति कार्यान्वयन उच्च स्तरिय समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

आज समितिका संयोजक काशीराज दाहालले सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटालाई प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा क्लिन फिड लागू हुनुपर्ने, पत्रकारको न्यूनतम पारिश्रमिक ग्यारेन्टी हुनुपर्ने, सम्पादकीय स्वतन्त्रता र सञ्चार माध्यमको सम्पादकीय नीति सार्वजनिक हुनुपर्ने लगायतका बुँदाहरू समेटिएका छन् ।

त्यस्तै, सञ्चार माध्यमले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, एउटै सञ्चार माध्यमले रेडियो, टेलिभिजन, पत्रपत्रिका लगायतका धेरै माध्यम सञ्चालन गर्न नपाउने तथा सञ्चार संस्थामा २५ प्रतिशतभन्दा बढी विदेशी लगानी गर्न नपाइने सुझाव समेटिएको छ ।

प्रतिवेदनमा बक्स अफिस लागू हुनुपर्ने सुझाव पनि समेटिएको छ ।

२०७३ पुसमा गठन भएको समितिमा टीकाराम राई र बबिता बस्नेत सदस्य छन् ।

प्रतिकृया दिनुहोस