समाचारमंगलवार, बैशाख २५, २०७५

सुन तस्करी र सनम हत्या प्रकरणः पक्राउ परेका ३० जनाको बयान लिइयो

हिमालखबर

अभियुक्तहरु अदालत परिषरमा  । तस्वीर: कमल रिमाल

साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा पक्राउ परेका ३० जनाको बयान सकिएको छ । जिल्ला अदालत मोरङमा दायर मुद्दाका ६३ जना प्रतिबादीमध्ये ३३ जना अझै फरार छन् ।

२० वैशाखदेखि अदालतले लिएको बयान २५ वैशाखमा सकिएको हो । अन्तिम दिन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी र नायव उपरीक्षक (डीएसपी) द्वय प्रजीत केसी र सञ्जय राउतको बयान लिइएको छ । २४ वैशाखमा पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द निरौला, उपरीक्षक (एसपी) विकासराज खनाल लगायतको बयान लिइएको थियो ।

न्यायाधीस नारायण शर्माको इजलासमा लिइएको बयान सकिएपछि २७ वैशाखबाट थुनछेक बहस शुरु हुने अदातलले जनाएको छ । पक्राउ परेकाहरुको मुद्दा अन्तिम फैसला हुन्जेलसम्म न्यायाधीश शर्माकै इजलासमा रहने अदालत स्रोतले जनाएको छ ।

सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका उच्च अधिकारी पक्राउ परेपछि बिदामा बसेका न्यायाधीशलाई विदा सकिनु अगावै बोलाएर इजलाश जिम्मा लगाइएको अदालत स्रोतको भनाई छ ।
कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस