समाचारमंगलवार, बैशाख २५, २०७५

प्रदेश ५ को पहिलो अधिवेशन सम्पन्न

हिमालखबर

प्रदेश ५ को प्रदेश सभाको पहिलो अधिवेशन सम्पन्न भएकोे छ ।

२१ माघबाट शुरु भएको पहिलो सभामुख, उपसभामुख र चारवटा संसदीय समिति चयन गरेको छ । त्यस्तै चालू आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट समेत सर्वसम्मतिले पारित गरेको छ ।

यस्तै कानून निर्माणका लागि ८ वटा विधेयक प्रदेश सभामा पेश भएकोमा ५ वटा पारित भएको उपसभामुख कृष्णी थारुले जानकारी दिइन् ।

प्रदेश अन्तरगतका गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रिया बारे बनेको विधेयक पनि पारित भएको छ । विधायन समितिले स्थानीय तहका सदस्य तथा पदाधिकारीको सेवा सुविधाबारे बनेको विधेयक संशोधनको प्रतिवेदन प्रस्तुत गरेको छ ।

आजै प्रदेशसभा सदस्य तथा पधाधिकारीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक संैद्धान्तिक छलफलपछि दफावार छलफल तथा संशोधनका लागि विधायन समितिमा पठाइएको छ ।

छलफलमा सहभागी सांसदहरुले प्रदेश सभा सदस्यका लागि स्वकीय सचिव र यातायातको व्यवस्था गर्न माग गरेका थिए । यस्तै प्रदेश सभा सचिवालय सञ्चालन सम्बन्धमा बनेको विधेयक सचिवालयमा पेश भएको प्रदेश सभा सचिव मानबहादुर विकेले बताए ।
दीपक ज्ञवाली,बुटवल

प्रतिकृया दिनुहोस