राजदेवी मन्दिरमा १४ हजारभन्दा बढीको बोकाको बलि
जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ६१७ बोकाको बलि दिइएको छ ।
अष्टमीको राति ८ बजेबाट सुरु भएको बोका बलि प्रदानको कार्यक्रम २५ असोज बिहान सकिएको छ ।
अघिल्लो वर्ष १३ हजार ६८४ बोका बलि दिइएको थियो । आयोजक महावीर युवा कमिटीले यसपटक बलि दिएका बोकाको संख्या १८ हजारसम्म पुग्ने जनाएको छ । यद्यपि अघिल्ला वर्षको तुलनामा यस वर्ष ९३३ बढी बोका बलि दिइएको छ ।
विगतमा २०७० सालमा १४ हजार ८६१ बलि दिइएको थियो भने त्यो सङ्ख्या घटेर २०७१ सालमा १४ हजार ७२२ मात्र बोका बलि दिइएको थियो । अघिल्लो वर्ष २०७२ को तुलनामा यसपटक बोका बलिको सङ्ख्या बढी देखिए पनि २०७० र २०७१ को तुलनामा बोका बलि घटेको देखिन्छ ।
एउटा बोकाको बलिको लागि रु १५० को रसिद काट्नु पर्ने हुन्छ । यसरी प्रदान भएको बलिबाट रु २१ लाख ९२ हजार ५०० उठेको महावीर युवा कमिटीका अध्यक्ष धर्मेन्द्र साहले जानकारी दिए ।