हिरोको ग्ल्यामर बाइक र ड्यूट स्कूटर नयाँ मोडलमा
नेपालका लागि हिरो मोटरसाइकल तथा स्कूटरको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रा.लि.ले ग्ल्यामर एसभी मोटरसाइकल र ड्यूट स्कूटर सार्वजनिक गरेको छ ।
१२५ सीसीको इन्जिन क्षमता रहेको ग्ल्यामर एसभीमा आईथ्रीएस प्रविधि, टियूबलेस टायर, लिड टेल ल्याम्प लगायतका विशेषता रहेका छन् । यसमा रहेको आईथ्रीएस प्रविधिले मोटरसाइकल रोकिएको समयमा स्वतः इन्जिन बन्द गर्दछ ।
जसले गर्दा मोटरसाइकलले उच्च माइलेज दिने र वातावरण प्रदूषण नियन्त्रण गर्ने कम्पनीले जनाएको छ । टेक्नो ब्लू, ब्ल्याक विथ स्पोर्टी रेड र क्याण्डी रेड रंगमा उपलब्ध मोटरसाइकलको बजार मूल्य एक लाख ९३ हजार तोकिएको छ ।
त्यसैगरी नयाँ मोडलको ड्यूट स्कूटरमा एडभान्स इन्जिन, उच्च पिकअप लगायतका विशेषता रहेका छन् । यसमा एक्सटर्नल फ्यूल फिलिङ् सिस्टम रहेको छ । जसले गर्दा स्कूटरमा तेल पर्दा डिक्की खोलिराख्नु पर्दैन ।
मोबाइल चार्जिङ्को सुविधा रहेको स्कूटरमा इन्टिग्रेटेड ब्रेकिङ सिस्टम समेत छ । बिलिजिङ रेड, ग्रेस ग्रे र प्यान्थर ब्ल्याक रंगमा उपलब्ध स्कूटरको बजार मूल्य एक लाख ७५ हजार पाँच सय रहेको छ ।