एक लाख ३५ हजार घुससहित नायव सुब्बा पक्राउ
जिल्ला समन्वय समिति सप्तरीका नायव सुब्बा युगेश्वर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।
आज समन्वय समितिको कार्यालयभित्रै एक लाख ३५ हजार घुस लिँदै गर्दा इटहरीबाट खटिएको आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो ।
उनले भारदह–त्रिकौल सडक खण्डमा पुल निर्माणको ठेक्का पाएको ठेकेदारसँग घुस लिइरहेका थिए ।
श्रवणकुमार देव, राजविराज