कला/साहित्यबिहिवार, बैशाख १३, २०७५

घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’ हुने

हिमालखबर

प्रकाशक फाइनप्रिन्टले देशका विभिन्न ठाउँमा घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’ आयोजना गर्ने भएको छ ।

पहिलो चरणअन्तर्गत १५ वैशाखमा सुर्खेत, १७ वैशाखमा धनगढी र १८ वैशाखमा कोहलपुरमा महोत्सव हुनेछ ।

महोत्सवले राजधानीमा केन्द्रित लेखक र मोफसलका पाठकबीच सेतुको काम गर्ने प्रकाशन फाइनप्रिन्टले जनाएको छ ।

महोत्सवमा फाइनप्रिन्टले २०७४ सालमा छापेका पुस्तकका लेखकहरु मदनकृष्ण श्रेष्ठ, हरिबहादुर थापा, युग पाठक, शिवानी सिंह थारु, अमर न्यौपाने, यज्ञश र नयनराज पाण्डे तथा केही स्थानीय लेखक सहभागी हुनेछन् ।

“फाइनप्रिन्टले आफ्नो स्थापनाकालदेखि नेपालमा पठन संस्कृतिको विकासका लागि काम गर्ने कोसिस गरिरहेको छ,” फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले भने, “यस पटकको महोत्सव पनि त्यसैको एउटा प्रयास हो ।”

महोत्सवमा सहभागी हुने मदन पुरस्कार विजेता लेखक महेशविक्रम शाहले यस किसिमका महोत्सवले लेखक र पाठकबीचको सम्बन्धमा न्यानोपन ल्याउन सघाउ पु¥याउने बताए । ‘फाइनप्रिन्ट फिभर’ को दोस्रो चरण जेठमा हुनेछ ।

प्रतिकृया दिनुहोस