साढे दुई करोड खेर गयाे रानीपोखरी पुनःनिर्माणमा
रानीपोखरी पुनःनिर्माणमा खर्च भएको रु दुई करोड ५० लाख खेर गएको छ ।
पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच उचित समन्वय हुन नसक्दा निर्माण गरिएका सबै संरचना भत्काउने तयारी भएको छ । जसले गर्दा करीब रु दुई करोड ५० लाख खेर गएको छ ।
कामपाले १ जेठदेखि हालसम्म प्रयोग भएको आधुनिक निर्माण सामग्री हटाई पुनःनिर्माणको काम शुरु गर्ने जनाएको छ ।
२०७२ को भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि रु ११ करोड ६० लाख लाग्ने अनुमान गरिएको छ ।