नेपालमा होण्डाले मनायोे ‘सम्बन्ध ५० वर्षको’
नेपालमा व्यवसाय शुरु भएको ५० वर्ष पुगेको अवसरमा ६ वैशाखमा स्याकार ट्रेडिङ् कम्पनी प्रा.लि.ले ‘सम्बन्ध ५० वर्षको’ उत्सव मनाएको छ ।
स्याकार नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको एकमात्र आधिकारिक विक्रेता हो । होण्डालाई ज्योति ग्रुपले पहिलो पटक नेपाल भित्र्याएको थियो । ज्योति ग्रुपको स्थापना मनिहर्ष ज्योतिले सन् १९४० मा गरेका हुन् । स्याकार ज्योति ग्रुपको सहायक कम्पनी हो ।
अहिले पद्म ज्योतिको नेतृत्वमा रहेको ज्योति ग्रुपले अटोमोबाइलका साथै स्टील, जेनेरेटर, औषधि लगायतको क्षेत्रमा समेत लगानी रहेको छ ।
५० वर्षको अवसरमा स्याकारले ‘५० दिनमा ५० तोला सुन’ नामक योजना समेत ल्याएको छ । योजनाअन्तर्गत उपभोक्ताहरुले होण्डाको मोटरसाइकल वा स्कूटरको खरिदमा ५० तोला सुन जित्ने अवसर पाउनेछन् । यसका साथै ग्राहकहरुले स्क्र्याच कुपनमार्फत रु.चार हजारदेखि एक लाखसम्म छुट पाउनेछन् ।