कांग्रेस सचेतकमा पुष्पा भुषाल
नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको सचेतकमा पुष्पा भुषाललाई मनोनयन् गरेका छन् ।
कांग्रेस संसदीय दलको विधानको धारा १३ को उपधारा २ बमोजिम प्रतिनिधिसभा सदस्य पुष्पा भुषाललाई सचेतकमा मनोनयन गरेको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन् ।
भुषाल समानुपातिकबाट प्रतिनिधिसभा सदस्य हुन् ।