बोस्निया र हर्जेगोभिनाको कन्सुलेटद्वारा फोटो प्रदर्शनीको आयोजना
नेपालस्थित बोस्निया र हर्जेगोभिनाको कन्सुलेटले बोस्नियाको प्राकृतिक, साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको प्रचारका लागि फोटो प्रदर्शनीको आयोजना गरेको छ ।
प्रदर्शनीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारी तथा बोस्निया र हर्जेगोभिनाका राजदूत डा. साबिट सुबासिचले संयुक्त रुपमा गरेका हुन् ।
प्रदर्शनीमा राखिएका सबै तस्वीर फोटोग्राफर प्रकाश ब्याङले खिचेका हुन् ।
प्रदर्शनीले बोस्निया र हर्जेगोभिनाको पर्यटन प्रवर्धनमा सघाउ पु¥याउने कन्सुलेटले विश्वास लिएको छ ।