राष्ट्रिय वाणिज्य ब्यांक र नेपाल संस्कृत विश्वविद्यालयबीच सम्झौता
राष्ट्रिय वाणिज्य ब्यांक लिमिटेड र नेपाल संस्कृत विश्वविद्यालयबीच विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक र कर्मचारीहरुको मासिक निवृत्तिभरण (पेन्सन) भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा ब्यांकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विश्वविद्यालयका उप–कुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले हस्ताक्षर गरेका छन् ।
समारोहमा उप–कुलपति कोइरालाले विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक तथा कर्मचारीले यो सुविधा लिने सक्ने जानकारी दिए । त्यस्तै ब्यांकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौता अनुसारको सेवाका अतिरिक्त विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुलाई ब्यांकले आफ्नो आधुनिक ब्यांकिङ सेवाहरु पनि प्रदान गर्ने बताए ।
राष्ट्रिय वाणिज्य ब्यांंकले देशको ६८ जिल्लामा १८१ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गर्दै आइरहेको छ ।