एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक जारी
नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजना समितिको बैठक जारी रहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा एकता प्रक्रियाका मिल्न बाँकी विषयमा छलफल भइरहेको जनाइएको छ ।
९ वैशाखमा पार्टी एकता गर्ने दुवै दलका शीर्ष नेताले यसअघि नै सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
बैठकमा एमाले वरिष्ठ नेता झलनाथ खनालबाहेक दुवै दलका शीर्ष नेताहरु सहभागी छन् ।