समाचारसोमवार, बैशाख ३, २०७५

प्रदेश–४ को नीति तथा कार्यक्रमः युवा स्वयंसेवादेखि लगानी सम्मेलनको आयोजनासम्म

हिमालखबर

प्रदेश–४ ले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम ल्याएको छ ।

आजको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख बाबुराम कुँवरले ‘युवा स्वयंसेवा कार्यक्रम’देखि ‘लगानी सम्मेलन’को योजना समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा औद्योगिक क्षेत्र, प्रांगारिक मल कारखाना निर्माण, अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र, स्याटेलाइट सिटी निर्माण र विद्युतीय सवारी साधनको प्रयोगलाई जोड दिइएको छ ।

कार्यक्रमले पर्यटन, ऊर्जा, कृषि र उद्योगलाई प्राथमिकतामा राखेको छ । त्यस्तै प्रदेश–४ ले आफ्नै रेडियो र टेलिभिजन सञ्चालन गर्ने समेत उल्लेख गरेको छ ।

कोरला–पोखरा सडक निर्माणलाई जोड दिइएको नीति तथा कार्यक्रममा मस्र्याङ्दी र कालीगण्डकी करिडोरलाई आर्थिक करिडोरका रूपमा विकास गर्ने उल्लेख गरिएको छ ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठः

प्रतिकृया दिनुहोस