समाचारसोमवार, बैशाख ३, २०७५

यो वर्षको आर्थिक वृद्धिदर ४.६ प्रतिशत हुने विश्व ब्यांकको प्रक्षेपण

हिमालखबर

विश्व बैंकले सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

विश्वब्यांकले आगामी दुई वर्ष नेपालको आर्थिक वृद्धिदर अझै घट्ने जनाएको छ ।

विश्व ब्यांकका अनुसार सन् २०१८ मा ४.६ प्रतिशत हुने नेपालको आर्थिक वृद्धिदर सन् २०१९ मा ४.५ र २०२० मा ४.२ प्रतिशतमा सिमित हुनेछ ।

सरकारले भने चालू आर्थिक वर्षमा ७.२ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।

यो वर्ष तराईमा गएको बाढी, घट्दो रेमिटेन्स र कर्जाको उच्च व्याजदरले वृद्धिदरमा असर गर्ने ब्यांकले जनाएको छ ।

नेपालमा प्रत्येक वर्ष ३५ हजारको हाराहारीमा काम गर्ने जनशक्ति बढिरहेको र सो अनुरुपको रोजगारी सिर्जना हुन नसकेको विश्व ब्यांकले उल्लेख गरेको छ । उच्च आर्थिक वृद्धिदर हाँसिल गर्न प्रत्येक वर्ष दुई लाख ४० हजार रोजगारी सिर्जना हुनुपर्ने विश्व ब्यांकले बताएको छ ।

एशियाली विकास ब्यांक (एडीबी)ले यसअघि नै रिपोर्ट सार्वजनिक गरी नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने जनाएको छ ।

 

प्रतिकृया दिनुहोस