समाचारसोमवार, बैशाख ३, २०७५

सरकारले अधिनायकवाद शुरु गर्‍योः देउवा

हिमालखबर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरेको आरोप लगाएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै देउवाले मनोमानी ढंगले सरकारले काम गरेर अधिनायकवादको बाटो समातेको आरोप लगाएका हुन् ।

उनले वर्तमान सरकारले आर्थिक विकास नभएर अधिनायकवादको विकास गर्ने बताए ।

देउवाले भने, “सरकार कसैसँग सरसल्लाह नगरी अगाडि बढेको छ । आफ्नै तरिकाले हिडेको छ । तर, काम गर्न सकेको छैन ।”

देउवाले अधिनायकवादको विरुद्ध र प्रजातन्त्रको रक्षाका लागि नेपाली कांग्रेस सधैं लडिरहने धारणा समेत राखे ।

 

प्रतिकृया दिनुहोस