चितवनमा जीप दुर्घटना एकको मृत्यु, नौ घाइते
चितवनमा टाटा सुमो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीमा नवलपुरबाट हेटौँडा जाँदै गरेको ना १ ज ३६०९ नम्बरको सुमो जीप दुर्घटना भएको हो ।
शनिबार साँझ भएको उक्त दुर्घटनामा मकवानपुर जिल्ला बसामाडीका २१ वर्षीया गोमा बल्लभको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
घाइते नौ जनाको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचार भैरहेको छ । रासस