खेलकुदशुक्रवार, चैत्र ३०, २०७४

डीपीएलको उपाधि धनगढीलाई

हिमालखबर

टिम चौराहा धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि जितेको छ ।

तस्वीर: रासस

आज भएको फाइनल खेलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै धनगढीले उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको टिम चौराह धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो ।

धनगढीले दिएको १८२ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो ।

धनगढीले उपाधिसँगै २५ लाख रुपैयाँ पाएको छ । गत वर्ष पनि डीपीएलको उपाधि धनगढीले नै जितेको थियो ।

 

प्रतिकृया दिनुहोस