चन्द्रागिरिमा भारतीय नेता विजय जोली
भारतीय जनता पार्टीका बरिष्ठ नेता विजय जोलीले काठमाडौंमा रहेको चन्द्रागिरि केबलकारको भ्रमण गरेका छन् ।
चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जोलीलाई चन्द्रागिरिको स्थलगत भ्रमण गराएका हुन् ।
चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै जोलीले चन्द्रागिरि परियोजनाले पर्यटन प्रवद्र्धन गर्नुका साथै धार्मिक आस्था, शान्ति र सहिष्णुता कायम राख्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।