अनुपमा खूँजेली बनिन् वाणिज्य ब्यांकको पहिलो महिला सिईओ
अनुपमा खूँजेली वाणिज्य ब्यांकको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सिईओ) बनेकी छन् ।
खूँजेली मेगा ब्यांकको सिईओ नियुक्त भएकी छन् । उनलाई मेगाको सञ्चालक समिति बैठकले सिइओ नियुक्त गरेको हो ।
गत पुसमा अनिल शाह मेगाबाट बाहिरिएपछि खूँजेलीले निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य सञ्चालन गर्दै आएकी थिइन् ।
त्यसअघि उनी मेगाको नायब कार्यकारी निर्देशकमा कार्यरत थिइन् । तत्कालिन नेपाल ग्रिन्डलेज ब्यांकबाट ब्यांकिङ क्षेत्रमा प्रवेश गरेकी खुँजेली नबिल ब्यांकमा लामो समय काम गरेपछि मेगामा पुगेकी थिइन् ।