फुटबल फर फ्रेन्डसिपका लागि नेपालबाट छानिए दुई बालक
रुसमा आयोजना हुने कार्यक्रम फुटबल फ्रेन्डसिपका लागि १२ वर्षीय दुई बालक छनौट भएका छन् ।
फुटबलमा रुची राख्ने गिरिश मास्के र अनमेश रायमाझी फुटबल फर फ्रेन्डसिप (F4F) का लागि नेपालबाट छनौट भएका हुन् ।
विश्वका विभिन्न क्षेत्रका बालबालिका माझ फुटबलको विकास, स्वस्थ्य जीवन शैली, सहिष्णुता प्रवद्र्धन, खुला विचार, विभिन्न संस्कृति र राष्ट्रियता प्रतिको सम्मानको विकास गराउन रुसी व्यवसायिक कम्पनी ग्याजप्रोमले विश्व फुटबल महासंघ (फिफा) को सहयोगमा सन् २०१३ देखि सञ्चालन भइरहेको कार्यक्रम हो फुटबल फर फ्रेन्डसिप ।
नेपालले यो कार्यक्रममा भाग लिन लागेको पहिलो पटक हो । कार्यक्रममा विभिन्न २१० देश र क्षेत्रका बालबालिकाको सहभागिता हुनेछ ।
गिरिश मास्के जुन २०१८ मा रुसको राजधानी मस्कोमा आयोजना हुने फुटबल फर फ्रेन्डसिप इन्टरनेशनल च्याम्पियनशिपमा सहभागी हुनेछन् । च्याम्पियनशिपमा ३२ अन्तर्राष्ट्रिय टिमको सहभागिता हुनेछ ।
अनमेश रायमाझीले इन्टरनेशनल चिल्ड्रेन प्रेस सेन्टरको सदस्यका हैसियतले किशोर पत्रकारका रुपमा फुटबल फर फ्रेन्डसिप कार्यक्रमको स्थानीय र वैश्विक रिपोर्टिङ गर्नेछन् ।
कार्यक्रमको समापन फिफा वल्र्ड कप उदघाटन समारोहमा बालबालिकालाई सहभागी गराइए पछि समान हुने फूटबल फर फ्रेन्डसिपले जनाएको छ ।