समाचारबिहिवार, चैत्र २९, २०७४

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेश

हिमालखबर

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३/७४ को ५५औँ वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा महालेखापरीक्षक टंकमणि शर्माले राष्ट्रपति भण्डारीसमक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।

संवैधानिक प्रावधानअनुसार महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष चैतभित्र प्रतिवेदन पेश गर्नुपर्ने कार्यतालिका छ ।

सबै सरकारी कार्यालय र संघ वा प्रदेश सरकारको पूर्णस्वामित्व भएको संगठित संस्थाको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको विचार गरी महालेखापरीक्षकबाट अन्तिम लेखापरीक्षण हुने व्यवस्था छ ।

महालेखापरीक्षकमा आफू नियुक्त भएको ११ महिनाभित्र २०७४ सालको नियमित र सोभन्दा अघिका लेखापरीक्षण गर्न बाँकीसमेत गरी छ हजार १६ निकायको आर्थिक कारोवारको परीक्षणपपछि देखिएका विषय प्रतिवेदनमा उल्लेख गरिएको महालेखापरीक्षक टंकमणि शर्माले जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस